आजका मुख्य समाचार,
– घरघरमा दीपावलीसहित देशभर देउसी भैलोको रौनक / मिठाइ र रोटीका परिकारको कारोबार बढ्यो / पटाका र जुवा नियन्त्रणका लागि सुरक्षा निगरानी ।
– संविधान जारी भएको एक दशकसम्म मौलिक हक कार्यान्वयन फितलो / कानुन बने पनि नेतृत्व उदासीन हुँदा नागरिकले अधिकारको प्रत्याभूत गर्नै पाएनन् ।
– कर्जाको माग नहुँदा बैंकहरुमा पैसा थुप्रियो / ब्याजदर घट्दा पनि व्यवसायीले लिएनन् ऋण / राष्ट्र बैंकले आफ्नै खर्च बढाएर बैंकबाट पैसा तान्दै ।
– अपदस्थ प्रधानमन्त्री शेख हसिना समर्थक बंगलादेशी जातीय पार्टीको मुख्यालयमा आगजनी / उद्योग बन्द गराएर तलबसमेत नदिएको भन्दै ढाकामा श्रमिकको प्रदर्शन ।
– एन्फाको लापर्वाहीले दुई वर्ष पुग्न लाग्दासमेत ए डिभिजन लिग सञ्चालनको सुरसारै छैन / खेलै नभएपछि खेलाडी पलायन बढ्दो / रेफ्री र प्रशिक्षक पनि बेरोजगार ।