जग्गा दिने व्यवसायी मीनबहादुर र लिने एमालेविरुद्ध सर्वोच्च अदालतमा रिट

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
जग्गा दिने व्यवसायी मीनबहादुर र लिने एमालेविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालय निर्माण गर्न जग्गा दिने व्यवसायी मीनबहादुर गुरुङ र लिने एमालेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

भ्रष्टाचारमा दोषी ठहर भएका मीनबहादुर गुरुङबाट प्रधानमन्त्रीको रुपमा सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा दिन लिनु भ्रष्टाचार निवारण ऐन र राजनीतिक दलसम्बन्धी ऐनविपरीत भएको जिकिरसहित अधिवक्ता ज्ञान बस्नेतले रिट दर्ता गर्नुभएको हो ।

सर्वोच्च प्रशासनले दरपिट गरेको उक्त रिटविरुद्ध न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले निवेदनमा सुनुवाइ गर्दै रिट दर्ता गर्न आदेश गरेको थियो । रिटमा सरकार वादी रहेको मुद्दाका आरोपीले सरकार चलाइरहेको एमालेलाई एक अर्बभन्दा माथिको जग्गा दान दिनु र एमालेले दान लिनु स्वार्थ बाझिने उल्लेख छ ।

विवादित व्यवसायी गुरुङ र नेकपा एमालेविरुद्धको रिटमा लेनदेन निषेधाज्ञाको आदेशले बदर गर्न माग गरिएको छ । सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसुरमा मुद्दा चलिरहेको व्यक्तिका हातबाट दान दातव्य लिनु भनेको नैतिकताको प्रश्नभन्दा माथि एवं कानुनको बर्खिलाप भएको रिटमा उल्लेख छ। रिटको सुनुवाइको पेसी भोलिलाई तोकिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.