नेपालले ताजिकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालले ताजिकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आउँदो फिफा विन्डोमा दुई अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सूचना जारी गरेर नेपालले ताजिकिस्तान र अफगानिस्तानसँग ट्राई नेसन्स कप खेल्ने जानकारी दिएको हो ।

नेपालले यही कार्तिक २८ गते ताजिकिस्तानसँग र मंसिर १ गते अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । अहिले नेपाल फिफाको विश्व वरीयताको एक सय ७६ औं स्थानमा छ भने अफगानिस्तान र ताजिकिस्तान नेपालभन्दा अघि छन्। अफगानिस्तान एक सय ५२ औं स्थानमा छ भने ताजिकिस्तान वरीयताको एक सय तीन स्थानमा छ ।

यो खेलका लागि एन्फाले नविन न्यौपानेलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । नेपाली फुटबल टिमले लामो समयदेखि अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन ।

पछिल्लो पटक नेपालले फिफा विश्वकप छनोटमा जेठ २९ गते यमनसँग खेलेयता पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा फर्किन लागेको हो । यो खेल दुसानवे अन्तर्राष्ट्रिय रंगशालामा खेल्नेछ । तर नेपालले घरेलु मैदानमा खेल्न भने अझै पर्खनु पर्ने भएको छ । खेलको समयपछि उल्लखे हुने एन्फाले जनाएको छ। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.