बीपी राजमार्गमा धुलिखेल-भकुण्डे खण्ड २४सै घन्टा सवारी चलाउन खुला

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीपी राजमार्गमा धुलिखेल-भकुण्डे खण्ड २४सै घन्टा सवारी चलाउन खुला

काभ्रे । बीपी राजमार्गमा आजदेखि धुलिखेलदेखि भकुण्डेबेँसीसम्मको खण्डमा २४सै घन्टा सवारीसाधन चलाउन पाइने भएको छ । 

गत असोज ३० गतेदेखि बीपी राजमार्गमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको थियो । उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना भएकाले सवारी साधन चलाउन रोक लगाइएको थियो ।

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्ड काभ्रेको करिब ८ किलोमिटरभन्दा बढी लम्बाइको सडक पूर्ण रुपमा बगाएको थियो । बीपी राजमार्गकै भकुन्डेबेँसीदेखि पूर्वतर्फ भने रातिको समय सवारी चलाउन लगाइएको रोक कायमै छ ।

बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.