रास्वपाका नेताहरुले सहकारी पीडितका घरघरमा पुगेर प्रभावित पार्न खोजेको पीडितहरुको आरोप

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपाका नेताहरुले सहकारी पीडितका घरघरमा पुगेर प्रभावित पार्न खोजेको पीडितहरुको आरोप

पोखरा । सूर्यदर्शन सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र कार्यकर्ताहरूले घरघर पुगेर पीडितहरूलाई धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको भन्दै आपत्ति जनाएका छन्।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखराले एक विज्ञप्ती जारी गर्दै रास्वपाका नेता र कार्यकर्ताहरुले घरघरमा पुगेर पीडित बचतकर्तालाई भड्काउने गरेको काम भन्दै आपत्ति जनाएको हो ।

समितिले रास्वपाका सभापति रबि लामिछाने पक्राउ परेपछि उक्त पार्टीका नेता र कार्यकर्ताहरुले पोखराको शान्त वातावरण बिथोल्ने गरि पीडित बचतकर्ता विरुद्ध नाराबाजी गरिरहेको आरोप समेत लगाएका छन् । ‘पार्टीका कार्यकर्ताद्वारा पीडित लखेटिएका छन् पिटिएका छन्, यो विषयले हामी सहकारी पीडीत झनै शसंकित भएका छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रास्वपाका निरन्तरको प्रदर्शनका कारण अदालत दबाबमा नपरोस् भन्ने कारणले गर्दा आफुहरुपनि सडकमा आउन बाध्य भएको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.