मन्त्रालय र प्राधिकरणका बीचमा मतभेद छैन : मन्त्री खड्का

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मन्त्रालय र प्राधिकरणका बीचमा मतभेद छैन : मन्त्री खड्का

काठमाडौं । दुई साताअघि १५ प्रश्नको जवाफ मागेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुनै मतभेद नरहेको बताउनुभएको छ । मन्त्री खड्काले प्राधिकरणसँग मिलेर काम गरिरहेकाले घिसिङलाई हटाउने परिस्थिति नरहेको पनि बताउनुभयो ।

उर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा एक सय दिनका मुख्य उपलब्धि सार्वजनिक गर्दै मन्त्री खड्काले डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताउनुभएको हो । बक्यौताको विषय संसदीय समितिमा पुगिसकेको र त्यहाँबाट निर्णय आएपछि थप प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

रकम उठाउनका लागि उद्योगीहरुले विद्युत् उपभोग गरेको कुराको प्रमाण जुटाउने काम भइरहेको पनि उहाँको भनाइ छ । मन्त्री खड्काले बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी भएको सम्झौतालाई मुख्य उपलब्धि भएको दाबी गर्नुभयो । 

मन्त्रालयले पछिल्लो १ सय दिनमा थप ठूला जलविद्युत आयोजना निर्माणदेखि निजी क्षेत्रमा लगानीको मनोबल उकास्ने काम गरेको दाबी गरेको छ । तर मन्त्रालयले गरेका कामको भने कुनै विवरण भेटिँदैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.