अर्थतन्त्रमा सुधार नहुँदा चाडपर्वमा समेत वैदेशिक व्यापार खुम्चियो

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
अर्थतन्त्रमा सुधार नहुँदा चाडपर्वमा समेत वैदेशिक व्यापार खुम्चियो

काठमाडौं । अर्थतन्त्रमा सुधार नहुँदा चाडपर्वमा समेत वैदेशिक व्यापार खुम्चिएको छ ।

सरकारले अर्थतन्त्र लयमा फर्किँदै गएको दाबी गरे पनि आयात ४ दशमलब १७ प्रतिशत र निर्यात ६ दशमलब ११ प्रतिशतले खुम्चिएको भन्सार विभागले जनाएको छ । आयातमुखी अर्थतन्त्र भएकाले आयात नबढ्दा अर्थतन्त्र अझै संकुचनमा रहेको देखिन्छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्बको वस्तु आयात भएकोमा चालु आर्थिक बर्षमा ३ खर्ब ९० अर्बकोमात्र आयात भएको छ । त्यस्तै गत आर्थिक बर्षमा ४० अर्बको वस्तुको निर्यात भएकोमा यस बर्ष ३८ अर्बको ३७ करोडको मात्रै निर्यात भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.