पोखरामा आज पनि रविका समर्थकहरूको प्रदर्शन जारी

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोखरामा आज पनि रविका समर्थकहरूको प्रदर्शन जारी

पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरूले आज पनि पोखरामा प्रदर्शन गरिरहेका छन् ।

काठमाडौंबाट प्रहरीले पक्राउ गरेर पोखरा पुर्‍याइए पछि उनीसँगै पोखरा पुगेका र त्यहाँ भेला भएका लामिछानेका समर्थकहरूले आज पनि विरोध प्रदेशन गरेका हुन् । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेलाई ६ दिन हिरासतमा राखी अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । म्याद थपपछि प्रहरीले लामिछानेविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान अगाडि बडाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका विभिन्न स्थानमा लगाएको निषेधाज्ञा कायमै राखेको छ । पोखराको सहिदचोक तथा गैह्रापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा लगाइएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुनसक्ने भन्दै निषेधाज्ञा आदेश जारी गरेको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.