पूर्वी नवलपरासीमा गैंडा मृत फेला

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
पूर्वी नवलपरासीमा गैंडा मृत फेला

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दुमा गैंडा मृत फेला परेको छ । मध्यविन्दु नगरपालिका- १२ मा पोथी गैडा मृत फेला परेको हो ।

अन्दाजी ४ वर्षको पोथी गैडा मृत अवस्थामा फेला परेको र गैडाको खाग र खुर सुरक्षित रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो ।

प्रारम्भिक जानकारी अनुसार गैंडा एक अर्कोसँग जुध्ने क्रममा चोट लागेर मृत्यु भएको अनुमान गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.