फायरसाइडमा प्राध्यापक कृष्ण खनाल : पुरानालाई सफा नगरी नयाँका लागि बाटो बन्दैन

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा प्राध्यापक कृष्ण खनाल : पुरानालाई सफा नगरी नयाँका लागि बाटो बन्दैन

नागरिकमा निराशा छ । अर्थतन्त्र शिथिल छ । सुशासन र सेवा प्रवाह माथिदेखि तलसम्मै समस्याग्रस्त छ । सरकार भएको अनुभूति नागरिकले गर्न सकिरहेका छैनन् । एकातर्फ पुराना राजनीतिक दल र उनीहरूले चलाएको सरकारले विश्वास गुमाएको अवस्था छ । अर्कोतर्फ नयाँ दलहरू विवादबाट माथि उठ्न सकेका छैनन् ।

लोकतन्त्रको अभ्यासमा प्रश्नै प्रश्न छन् । नयाँ सरकार छ र संविधान संशोधनको नारा छ । तर व्यवस्था सुदृढ गर्ने सवाल प्राथमिकतामा छैन । नागरिकको दिनचर्या सहज बनाउने होस् वा दीर्घकालीन अर्थ राख्ने योजना र कार्यान्वयन सकारात्मक हुने ठाउँ उति भेटिन्न ।

फायरसाइडको आजको अंकमा हामी यिनै सन्दर्भमा देशले अब लिन सक्ने बाटो, सरकारको तीन महिनाको समीक्षा, पुराना र नयाँ राजनीतिक दलको लोकतान्त्रिक संस्कार र व्यवहारमाथि केन्द्रित हुने छौँ । आज हामीसँग हुनुहुन्छ राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनाल ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.