धनगढी । दशैं सुरु भएसँगै सुदूरपश्चिम नेपालका विभिन्न नाकाबाट ठूलो सङ्ख्यामा नेपालीहरू फर्किइरहेका छन् ।
कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका सीमा नाका हुँदै दैनिक सयौँ नागरिक दशैं मान्न आइरहेका छन् । तर नाकामा भारतीय सुरक्षाकर्मी र भन्सारका कर्मचारीले जाँच पासको नाममा यसरी घर फर्कनेहरूलाई अनावश्यक दुःख दिइरहेका छन् । सीमामा आउजाउ गर्दा नेपालीले जहिल्यै भारतीय सुरक्षाकर्मीको सास्ती खेप्न बाध्य छन् ।