काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गर्दैछ । राप्रपाले आज काठमाडौंको बिजुली बजारमा प्रदर्शन गर्ने बताएको हो ।
प्रदर्शन बिहान ११ बजेबाट सुरु हुनेछ । प्रदर्शनलाई मध्यनजर गरी सरकारले सुरक्षा बढाएको छ । राप्रपाले गत चैत्र १५ गते प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेता-कार्यकर्तालाई निःशर्त रिहा गर्न माग गरेको छ ।
राप्रपाको प्रदर्शनलाई मध्यनजर गर्दै गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरे कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयकाअनुसार निषेधित क्षेत्र संविधान र कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि सैह्य नहुने स्पष्ट पारेको हो ।