संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको छ : राष्ट्रपति पौडेल

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।  उहाँले संविधान दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिनुभएको हो ।

राष्ट्रपति पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताउनु भएको छ।

यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरशः कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज बिहान छुट्टा-छुट्टै वक्तव्य जारी गर्दै सभामुख, राष्ट्रिय सभाका अध्यक्ष समेतले देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement