मधेश सरकारले ९ वर्षपछि मनायो औपचारिक रुपमा संविधान दिवस

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
मधेश सरकारले ९ वर्षपछि मनायो औपचारिक रुपमा संविधान दिवस

जनकपुर । मधेश प्रदेश सरकारले संविधान जारी भएको ९ वर्षपछि औपचारिक रुपमा पहिलो पटक संविधान दिवस मनाएको छ ।

सरकारी कार्यालयहरुले विगतका वर्षहरुमा सविधान दिवस मनाएपनि यस वर्ष मधेश प्रदेश सरकारका गृह संचार तथा कानुन मन्त्रालयले जनकपुरमा संविधान दिवस मनाएको हो । 

प्रमुख अतिथिको रुपमा सहभागी मुख्यमन्त्री सतिश कुमार सिंहले संविधानमा भएका त्रुटीहरुलाई संसोधन गरेर समानुपातिक र समावेशी संविधान बनाउनपर्नेमा जोड दिनु भयो । ‘संविधानमा यदि केही त्रुटी छन् भने मापदण्ड बनाएर ती त्रुटीहरू सच्याउनु पर्‍यो । समावेशिताको पूर्ण पालना हुनुपर्‍यो,’ उहाँले भन्नुभयो । 

संविधान दिवसको अवसरमा सभामुख रामचन्द्र मण्डलले विभिन्न आन्दोलन र शाहादत्तवाट प्राप्त संविधानलाई सम्मान गर्नुपर्छ भन्दै कालो दिवस मनाउनु मुखर्ता रहेको बताउनु भयो ।

गृहमन्त्री राज कुमार लेखीको अध्यक्षतामा भएको कार्यक्रममा देशभक्ति गीत संगतिका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरिएको थियो । विहान जनकपुरको रामानन्द चोकवाट प्रभातफेरी समेत निकालिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement