जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर भक्तपुर फर्कियो [ फोटो फिचर ]

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर भक्तपुर फर्कियो [ फोटो फिचर ]

भक्तपुर । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुर फर्किएको छ । 

गएराति ८ बजे मध्यपुरथिमि –५ का वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुरथिमि दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा करिब १० इन्च लामो सियोबाट जिब्रो छेडाएर कमिनायबाट ४० किलोको भ्वयः अर्थात महादीप बोकेर खाली खुट्टाले पशुपतिनाथ मन्दिर यात्रा गर्नुभएको हो ।

श्रेष्ठले जिब्रो छेडाएर थिमिबाट यात्रा गरी निगु पुखुः, लाय्कूहुँदै क्वालाखु (बालकुमारी) स्थित थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), इन्द्रायणी, नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोठिमी, मनोहरा खोला पुल, पुरानो सिनामंगल, खहरेचोक, एयरपोर्ट पछाडिको सडक, गुहेश्वरी मन्दिर हुँदै पशुपतिनाथ दर्शनका लागि पुगेका थिए । 

पशुपतिनाथको दर्शनपछि सोही मार्ग भएर फर्कने र सानोथिमिस्थित तीनधारा व्यारेक चोकबाट भित्र हुँदै नगदेश, गार्चा चोक, बहाखाबजार भीमसेन मन्दिर, चपाचो, दिगुटोल, निगुपुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी) मन्दिर परिसर पुगेर जिब्रोबाट नातु अर्थात् सियो निकालेर मन्दिरको काठमा ठोक्ने र जिब्रोमा भएको घाउमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो लगाउने परम्परा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement