दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ । दाङमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटनामा हुदाँ दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सीनाले जानकारी दिनु भयो ।

घोराही लमही सडकखण्डको बेलदमारमा तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना हुँदा २२ वर्षका श्रवणकुमार पुन र घोराही ४ का २१ वर्षका विनोद केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते दुवैलाई उपचारका लागि लमही अस्पताल पुराए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement