काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आज सुरु

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आज सुरु

काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आज सुरु भएको छ । 

भाद्र शुक्ल द्वादसीका दिनदेखि सुरु हुने यो जात्रा हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुन्छ । जात्रामा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसरी लिंगो ठढ्याउने प्रक्रियालाई इन्द्रध्वजोत्थान भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ ।

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने प्रचलन छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका डठाउामा धुमधामका साथ इन्द्रजात्रा मनाउने चलन छ ।

यस वर्ष इन्द्र जात्राको मुख्य दिन असोज १ गते परेको छ । इन्द्रजात्रामा राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा छ ।

सम्बन्धित समाचार...

इन्द्रजात्राको अवसरमा १०८ कुमार-कुमारी पूजा (भिडियो)

नालाबाट यसरी ल्याइयो इन्द्रजात्राको ४८ फिट लामो लिंगो [भिडियो]


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement