नालाबाट यसरी ल्याइयो इन्द्रजात्राको ४८ फिट लामो लिंगो [भिडियो]

भाद्र २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
नालाबाट यसरी ल्याइयो इन्द्रजात्राको ४८ फिट लामो लिंगो [भिडियो]

काठमाडौं । काठमाडौं उपत्यकाको प्रसिद्ध इन्द्रजात्राका लागि भक्तपुर र काभ्रेको सीमाना- नालास्थित जंगलबाट लिंगो काटेर ल्याइएको छ । 

मानन्धर समुदायको टोलीले लिंगो काटेर ल्याएको हो । ४८ फिट लामो लिंगोलाई साइत हेरेर काट्ने चलन छ । हरेक वर्षको भाद्र शुल्क द्वितीय तिथिमा लिंगो काट्ने साइत जुराइन्छ । नालामा काटेको लिंगो घिसारेर भोटाहिटीमा ल्याइन्छ । त्यसपछि अष्टमी तिथिमा भोटाहिटीबाट हनुमानढोका दरबार लैजाने गरिन्छ । 

यस वर्षको इन्द्रजात्रा असोज १ गते परेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement