इन्द्रजात्राको अवसरमा १०८ कुमार-कुमारी पूजा (भिडियो)

भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
इन्द्रजात्राको अवसरमा १०८ कुमार-कुमारी पूजा (भिडियो)

काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौंको हनुमान ढोका परिसरमा १०८ कुमार-कुमारी पूजा आयोजना गरिएको छ ।

नेवार समुदायमा कन्या र कुमारलाई देवताको स्वरुप मान्ने मान्यताअनुरुप पूजा गरिएको आयोजक मातृ सशक्तीकरण समूहले जनाएको छ । ‘हिन्दु धर्म र बौद्ध धर्म अनुसार १०८ लाई लक्की ठानिन्छ,’ आयोजक अनिल अमात्यले भन्नुभयो, ‘त्यही भएर नै १०८ कुमारी र कुमारको पूजा गरिएको हो ।’

उहाँले सुरुमा गणेश, त्यसपछि भैरव र कुमारीको पूजा गरिने बताउनु भयो । ‘कुमारी भनेको हाम्रो लागि लक्की देवता हो,’ अमात्यले थप्नुभयो ।

कुमारीसँगै कुमारको पनि पूजा गरिएको हो । नेवार समुदायमा शुभ साइतमा सबैभन्दा पहिले कुमारको पूजा गरिनु पर्ने भए पनि प्राय कुमारीको मात्रै पूजा गर्ने गरिएको मातृ सशक्तीकरण समूहकी त्रिपुरालक्ष्मी जोशीले बताउनु भयो । ‘प्रायजसोले कुमारी पूजा गर्छ तर कुमारलाई त्यतिसारो पूजा गर्दैन, त्यही भएर हामीले कुमार पूजाको थालनी गर्यौं,’ उहाँले भन्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement