प्रतिनिधिसभाको बैठक सुरु

जेष्ठ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकको शून्य समयमा सांसदहरू बोल्ने क्रम जारी छ ।

आजको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची छ । त्यसअन्तर्गत चारवटा मन्त्रालयको बजेटमाथिको छलफल आज हुने संसद् सचिवालयले जनाएको छ ।

युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

संसद्‌मा आइतबारदेखि नै विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि छलफल हुने भनिए पनि सरकारले सांसदहरूलाई बजेट पुस्तिका उपलब्ध नगराएको भन्दै आइतबार र सोमबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.