सडक निर्माणमा बजेट अभाव हुन दिन्न : भौतिक पूर्वाधारमन्त्री महासेठ

चैत्र ७, २०८० |सविता जीसी
सडक निर्माणमा बजेट अभाव हुन दिन्न : भौतिक पूर्वाधारमन्त्री महासेठ

बाँके । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले मन्त्रालय अन्तर्गत भइरहेका पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने आश्वासन दिएका छन् । मन्त्री महासेठले लुम्बिनी, कर्णाली र सुदुपश्चिम प्रदेशका सडक डिभिजन कार्यालयका अधिकारीलाई राजनीतिक दबाव र प्रभावमा नपरी निर्धक्क भएर काम गर्न पनि निर्देशन दिएका छन् ।

बुधबार नेपालगन्जमा आयोजित संघीय सडक सुपरीवेक्षण तथा अनुगमन सम्बन्धी समीक्षा गोष्ठीमा मन्त्री महासेठले पूर्वाधार निर्माणको काम कुनै पनि बहानामा रोकिनु नहुने बताए ।

उनले योग्यता र क्षमताको आधारमा कर्मचारीको मूल्याङकन गरिने भएकाले राजनीतिक दबावबिना काम गर्न आग्रह गरे । उनले दबाबका आधारमा योजनाको छनोट नगरी देश र नागरिकको हित हुने योजनालाई प्राथमिकता दिन निर्देशन समेत दिए ।

गोष्ठिमा कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेश अन्तर्गतका १० वटा डिभिजनका प्रमुख तथा इन्जिनियरहरु सहभागी छन् । सहभागीहरुले ३ प्रदेशका सडकको अवस्था, मर्मत-सम्भार तथा नयाँ के-कस्ता योजना आवश्यक छन् र के-कति बजेट चाहिन्छ भन्ने प्रस्ताव समेत गर्नेछन् ।


Image

सविता जीसी

जीसी बाँकेस्थित कान्तिपुर टेलिभिजनकी क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement