बल्खुमा व्यवसायी दुर्गा प्रसाईंको विरोध प्रदर्शन (तस्बिरसहित)

मंसिर ७, २०८० |सुरज खड्का
बल्खुमा व्यवसायी दुर्गा प्रसाईंको विरोध प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार बल्खुलगायत क्षेत्रमा व्यवसायी प्रसाईंका समर्थकहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, गणतन्त्र खारेज गर्, नारायणहिटी खाली गर्, हिन्दु राष्ट्र कायम गर् लगायत गणतन्त्र र व्यवस्थाविरोधी नारा लगाएका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु जम्मा भइ बल्खुमा प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा बल्खुमा प्रहरी र प्रसाईंका समर्थकबीच झडप भएको छ ।

यो पनि...

बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप (फोटो फिचर)

प्रहरीको अश्रुग्यास र पानीको फोहोरापछि सुनसान बल्खु... (तस्बिरमा)

सरकारविरुद्ध तीनकुनेमा युवा संघको प्रदर्शन (तस्बिरसहित)

प्रदर्शनकारी बल्खुबाट कालीमाटीतर्फ जान थालेपछि प्रहरीले रोक्न खोज्दा प्रसाईंका समर्थकहरुले ढुंगा प्रहार गरेका थिए ।

उनीहरुको भिड तितरबितर बनाउन प्रहरीले २५ सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले पानीको फोहोराले प्रदर्शनकारीहरुलाई तितरबितर बनाएको थियो । केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खु र नेकपा एमालेनिकट युवा संघले तीनकुनेमा कार्यक्रम गरेका छन् ।

हेरौं बल्खुमा भएको प्रदर्शनका थप तस्बिर :


Image

सुरज खड्का

खड्का कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement