सरकारविरुद्ध तीनकुनेमा युवा संघको प्रदर्शन (तस्बिरसहित)

मंसिर ७, २०८० |विनोद कोजू|पशुपति बुढाथोकी
सरकारविरुद्ध तीनकुनेमा युवा संघको प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेनिकट युवा संघले काठमाडौंको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेतलगायत युवा संघका नेता, कार्यकर्ताको उपस्थिति थियो । युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झन्डासहित तीनकुनेमा विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले भ्रष्टाचार, अपराधलगायत बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर विरोध जनाएका छन् । सहभागी प्रदर्शनकारीहरुले अति भयो अन्याय र अत्याचार, कति सहने राज्य आतंक ? गणतन्त्र विरोधीहरु होसियारलगायत प्लोकार्ड र ब्यानर बोकेर विरोध जनाएका थिए ।

बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप (फोटो फिचर)

प्रहरीको अश्रुग्यास र पानीको फोहोरापछि सुनसान बल्खु... (तस्बिरमा)

हेरौं थप तस्बिर :


Image

विनोद कोजू

कोजु कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।

Image

पशुपति बुढाथोकी

बुढाथोकी कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement