प्रहरीको अश्रुग्यास र पानीको फोहोरापछि सुनसान बल्खु... (तस्बिरमा)

मंसिर ७, २०८० |अवतार राई
प्रहरीको अश्रुग्यास र पानीको फोहोरापछि सुनसान बल्खु... (तस्बिरमा)

काठमाडौं । काठमाडौंको बल्खुमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकबीच झडप भएको छ ।

प्रदर्शनकारी बल्खुबाट कालीमाटीतर्फ जान थालेपछि प्रहरीले रोक्न खोज्दा प्रसाईंका समर्थकहरुले ढुंगा प्रहार गरेका थिए ।

उनीहरुको भिड तितरबितर बनाउन प्रहरीले २५ सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले पानीको फोहोराले प्रदर्शनकारीहरुलाई तितरबितर बनाएको थियो । केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खु र नेकपा एमालेनिकट युवा संघले तीनकुनेमा कार्यक्रम गरेका छन् । युवासंघले तीनकुनेमा गरेको कार्यक्रम भने सकिएको छ ।

प्रहरीको कारबाहीपछि केहीबेर सुनसान बनेको बल्खु क्षेत्रका थप तस्बिर :

यो पनि...

बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप (फोटो फिचर)


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement