पुल्चोक क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञा

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
पुल्चोक क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञा

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै पुल्चोकस्थित मन्त्री निवास, राष्ट्रसंघ कार्यालय तथा राष्ट्रिय मानव अधिकार आयोग कार्यालय आसपासका क्षेत्रमा धर्ना, जुलुस, अनसनजस्ता गतिविधि गर्न ६ महिनासम्मका लागि रोक लगाइएको जनाएको हो । 

नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम गर्ने भन्दै तयारी गरेपछि तीन वटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाइँका लागि बल्खु र युवासंघका लागि तीनकुनेको चौरमा कार्यक्रमका लागि अनुमति दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.