शान्ति सम्झौताको १७ वर्ष पूरा हुँदा पनि द्वन्द्वपीडितले न्याय पाएनन्

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
शान्ति सम्झौताको १७ वर्ष पूरा हुँदा पनि द्वन्द्वपीडितले न्याय पाएनन्

काठमाडौं । शान्ति सम्झौताको १७ वर्ष पूरा हुँदा पनि संक्रमणकालीन न्याय नटुंग्याउँदा द्वन्द्वपीडितले न्याय पाउन सकेका छैनन् ।

संक्रमणकालीन न्याय ऐन संशोधन विधेयक तत्काल पारित गरी पीडित केन्द्रित र विश्वसनीय आयोगहरु गठन नगर्दा पीडितले न्याय पाउन नसकेका हुन् ।

संक्रमणकालीन न्याय प्रक्रियामा भएको ढिलाइप्रति गम्भीर सरोकार व्यक्त गर्दै संसदको कानुन तथा मानवअधिकार समितिमा विचाराधीन विधेयक तत्काल पारित गर्न द्वन्द्वपीडितले सबैको ध्यानाकर्षण गराएका छन् ।

द्वन्द्वरत पक्षबाट भएका गम्भीर मानवअधिकार उल्लंघन पीडितको सम्बोधन हुन नसक्दा एकातिर आफूहरु थप पीडित भएको र अर्कातिर शान्तिप्रक्रिया नै अपुरो भई नेपालको अन्तर्राष्ट्रिय छविमा समेत आँच पुगेको द्वन्द्वपीडितको भनाइ छ । विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयक तत्काल पारित गर्न पीडितले माग गर्दै आएका छन् ।

-फाइल तस्बिर


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.