श्रीमतीको हत्या गरी फरार रहेका १ जना उदयपुरबाट पक्राउ

कार्तिक १, २०८० |भोटराज राई
श्रीमतीको हत्या गरी फरार रहेका १ जना उदयपुरबाट पक्राउ

ओखलढुङ्गा । श्रीमतीको हत्या गरी फरार भएको आरोपमा उदयपुरगढी– ७ नागबेलीका २१ वर्षीय सन्तोष भनिने पिटर राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । राईलाई प्रहरीले घटनाको ६ घण्टाभित्रै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार राईले उनकी २९ वर्षीया श्रीमती छविमाया राईलाई गए राती कुकर र भड्डुले क्रूरतापूर्वक कुटपिट गरी हत्या गरेका थिए । राति ९ बजे त्रियुगा नगरपालिका– ५ श्रीपुरस्थित दिदीको घरमा श्रीमतीको हत्या गरी उनी फरार थिए । फरार राईलाई राजाबास बैरेनीमा गए राती पौने १ बजे प्रहरीले पक्राउ गरेको हो । 

आजै राईलाई प्रहरीले पत्रकार माझ सार्वजनिक गरेको हो । राईले श्रीमतीको हत्या गरेको स्विकारेको प्रहरीले जनाएको छ ।

त्यसैगरी त्रिनपा– ७ सुक्लाईका रमेशकुमार सार्कीको हत्या आरोपमा सोही ठाउँका चन्द्रकुमार सार्की र उनको छोरा तेजकुमार सार्की पनि पक्राउ परेका छन् ।

बाबुको आदेशमा छोरा तेजकुमारले गत साउन ११ गते चिरपट प्रहार गरी गम्भीर घाइते भएका रमेशको उपचारको क्रममा असोज १५ गते मृत्यु भएको थियो । फरार रहेका छोरा तेजबहादुर लुकीछिपी गाउँघरमै बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।