इजरायलबाट उद्धार गरिएका १८ जना नेपाली दिल्ली विमानस्थलमा अवतरण

आश्विन ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलबाट उद्धार गरिएका १८ जना नेपाली दिल्ली विमानस्थलमा अवतरण

नयाँदिल्ली । इजरायलबाट उद्धार गरिएका १८ जना नेपाली सवार विमान दिल्लीमा अवतरण गरेको छ । 

आज राति १० बजेर ५२ मिनेटमा विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नयाँदिल्लीस्थित कान्तिपुर सहकर्मी राजेश मिश्रले जानकारी दिए । उनका अनुसार इजरायलबाट फर्केका १८ जनालाई लिन दूतावास अधिकारीहरू त्यहाँ पुगेका छन् । 

नेपालीहरूको टोलीलाई भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहितको टोलीले स्वागत गर्नेछ । 

आज राति नै स्थलमार्गमार्फत उनीहरूलाई नेपाल पठाउने तयारी दूतावासको छ । उनीहरू भोलि बिहान १० बजे गड्डाचौकी नाका हुँदै महेन्द्रनगर पुग्ने लक्ष्य छ ।

सम्बन्धित समाचार...

इजरायलमा बेपत्ता विपिन जोशीको परिवार भावविह्वल

इजरायलमा रहेका थप १८ नेपालीको उद्धार, भारतको नयाँदिल्ली हुँदै भोलि नेपाल आइपुग्दै


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.