काठमाडौं । एक क्विन्टल सुन काण्डमा राजस्व अनुसन्धान विभागको हिरासतमा रहेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा साधारण तारेखमा रिहा भएकी छन् ।
क्यान्सरपीडित सुब्बालाई विभागले बुधबार साँझ उपचारका लागि रिहा गरेको हो । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सुब्बाको स्वास्थ्य सम्वेदनशीलता र घटनामा जटिलरुपले संलग्नता नदेखिएकाले छोडिएको हो ।
महानिर्देशक ढुंगानाले भने, ‘अनुसन्धनमा उहाँको जटिल संलग्ननता देखिएको छैन । सोही कारण छोडिएको हो । उहाँलाई छोड्न मिल्ने नै देखियो ।’
विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत सुब्बासहित तीन कर्मचारीलाई साउन ७ गते पक्राउ गरेको थियो ।