काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालबाट तस्करीको सुन छुटाएको आरोपमा दुई जना भन्सार कर्मचारीलाई सरकारले निलम्बनको कारबाही गरेको छ ।
भन्सार विभाग स्रोतका अनुसार त्रिवि भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकारी सन्तोष चन्द र खरिदार कुमार ढकाललाई निलम्बनको कारबाहीका लागि पत्राचार भइसकेको छ ।
मंगलबार राति भन्सार कार्यालयबाट करिब एक क्विन्टल सुन बाहिरिएको थियो । यसमा संलग्नताको आरोपमा भन्सार एजेन्टसहित ६ जना पक्राऊ परिसकेका छन् ।
राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । ‘ब्रेक सु’ मा रहेको सुनको परिमाण एकिन गर्नका लागि भने विभागले त्यसलाई राष्ट्र बैंकमा पठाउने तयारी गरेको छ।
तस्बिर : सुन भएको ‘ब्रेक सु’ बोक्न प्रयोग गरिएको ट्याक्सी
राजस्व अनुसन्धान विभागका अनुसार ‘ब्रेक सु’ आयातकर्ता कम्पनी रेडि ट्रेड कम्पनीका सञ्चालक दिलिप भुजेललाई पक्राउ गरेको छ । साथै ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्रकुमार राईसमेत पक्राउ परेका छन् । साथै तस्करीमा संलग्न हर्कराज राई, राजकुमार भुजेल र थुक्मिङ छिरिङलाई पनि पक्राउ गरेको छ । अहिले विभागले उनीहरुको बयान लिने काम गरिरहेको छ ।
साथै ‘ब्रेक सु’ भित्र राखेर ल्याइएको सुनको परिमाण कति हो भनेर थाहा पाउन ब्रेक सुबाट सुन अलग्याएर जोख्नका लागि राष्ट्र बैंक पठाइएको छ । ३ सय २० पिस ‘ब्रेक सु’ विभागले जफत गरेको हो ।
यो पनि...
सय किलो सुन तस्करी प्रकरणमा भन्सार विभागले बनायो छानबिन समिति
सय किलो सुन प्रकरण : जाँचपास गर्ने विमानस्थल भन्सारका कर्मचारीलाई निलम्बन गरिने