संसद् अधिवेशन : रास्वपाद्वारा बैठक बहिष्कार, प्रधानमन्त्रीले सम्बोधन गर्दै

माघ १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसद् अधिवेशन : रास्वपाद्वारा बैठक बहिष्कार, प्रधानमन्त्रीले सम्बोधन गर्दै

काठमाडौं । प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक नै राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गरेको छ । बैठक बहिष्कार गर्दै रास्वपा सांसदहरू बाहिरिएका छन् ।

रास्वपा सांसदहरू बाहिरिएसँगै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् बैठक सम्बोधन गर्न अनुमति दिनुभयो । अहिले संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले सरकारका कार्यप्रगतिहरूबारे संसद्लाई जानकारी दिँदै हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement