संघीय संसद्को आगामी निर्वाचन स्थानीय तहको भन्दा अगाडि गर्न कांग्रेस सांसदहरूको माग

माघ १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
संघीय संसद्को आगामी निर्वाचन स्थानीय तहको भन्दा अगाडि गर्न कांग्रेस सांसदहरूको माग

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा संघीय संसद्को आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्नपर्ने आवाज उठेको छ । शुक्रबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले आगामी संघको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्नेगरी आवश्यक व्यवस्था मिलाउन माग गरेको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनुभयो ।

यस्तै आजको बैठकमा पाथीभरा केबलकारका विषयमा पनि सांसदहरूले प्रश्न उठाएको उहाँले बताउनुभयो । आज सांसदहरूले बोल्ने क्रम सकिएको तर मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले २४ गते पुनः संसदीय दलको बैठक बस्ने उहाँले जानकारी दिनुभयो । उहाँले बैठकमा सांसदहरूले सरकारले ल्याएको अध्यादेश, आफ्नो क्षेत्र विकास निर्माणका कुराहरू उठाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्बन्धित जिल्लाका माननीय सदस्यहरूले पाथीभराको केबलकारका विषयमा जुन किसिमको द्वन्द्व भइरहेको छ । त्यसमा पनि प्रश्न उठाउनुभयो । त्यसमा गृहमन्त्रीज्यूले संसदीय मामिला मन्त्रालय अन्तर्गत पर्दो रहेछ । उहाँले संसदीय मामिला मन्त्रालयको सचिव बोलाएर वार्ता समिति बनाएर वार्ता गरेर सकारात्मक ढंगबाट टुंग्याउन निर्देशन दिएको बताउनुभयो । आजको बैठकमा आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा अगाडि आम निर्वाचन गर्ने व्यवस्था मिलाउन सांसदहरूले जोडदार माग उठाउनुभएको छ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement