हिउँदे अधिवेशनको पहिलो बैठकमै रास्वपाको विरोध

माघ १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
हिउँदे अधिवेशनको पहिलो बैठकमै रास्वपाको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमै विरोध जनाएको छ । शुक्रबारको हिउँदे अधिवेशनको पहिलो बैठकमा रास्वपा सांसदहरूले उभिएर विरोध जनाइरहेका छन् ।

बैठक सञ्चालन भइसकेपछि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइसकेपछि रास्वपाका सांसदहरूले समयको माग गर्दै उभिएर विरोध जनाएका हुन् । रास्वपाको विरोधपछि सभामुख घिमिरेले बारम्बार सहजता प्रदान गर्न आग्रह गरिरहनुभएको छ । सभामुखले राष्ट्रपतिको पत्र पढेर सुनाउन खोजे पनि संसद् बैठक अघि बढ्न सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement