नीति तथा कार्यक्रमबारे सांसद चौधरीको टिप्पणी : छोराछोरी जन्माइसकेपछि जन्माउनेबारे छलफल

जेष्ठ १३, २०८० |कान्तिपुर टीभी संवाददाता
नीति तथा कार्यक्रमबारे सांसद चौधरीको टिप्पणी : छोराछोरी जन्माइसकेपछि जन्माउनेबारे छलफल

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले प्रस्तुत गरेको गरेको वार्षिक नीति तथा कार्यक्रम समयमै प्रस्तुत हुन नसकेको आरोप लगाएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा उनले नीति तथा कार्यक्रम समयमा नै छलफल गर्न समय पुग्नेगरी प्रस्तुत हुनुपर्ने माग राखे । हाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछिको छोराछोरी जन्माउने बारेको छलफल जस्तो भएको उनको टिप्पणी छ ।

सांसद चौधरीले भने, ‘हामीले फ्रीसँग नेपाली जनता, राष्ट्र, समस्याको विषयमा फ्रिसँग बोल्न पाउनुपर्ने हो । तर आज हामी यो विषयमा छलफल गर्नु भनेको छोराछोरी जन्मिसकेका छन्, आज हामीले छोराछोरी जन्माउने बारेमा छलफल गरिरहेका छौँ, कुन विषय कहिले उठाउने यसमा कन्फर्म गरौँ । नियमावलीमा करेक्सन गरेर भएपनि समय निर्धारण गरौं।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.