बीच सडकमै गाडी तेर्स्याएर यातायात मजदुर आन्दोलित, यात्रु अलपत्र (तस्बिरसहित)

फाल्गुन १, २०७९ |कान्तिपुर टीभी संवाददाता
बीच सडकमै गाडी तेर्स्याएर यातायात मजदुर आन्दोलित, यात्रु अलपत्र (तस्बिरसहित)

काठमाडौं । ट्राफिक नियमविरुद्ध यातायात मजदुरहरूले काठमाडौंको नयाँ बसपार्क क्षेत्रका सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्ध गरेका छन् ।

ट्राफिक नियम आफूहरूको हितमा नभएको भन्दै सोमबार उनीहरूले सडक अवरुद्ध गरेका हुन् । पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध आफूहरूले सडक अवरुद्ध गरेको सवारीसाधनका चालकहरूले बताएका छन् ।

बीच सडकमै सवारी साधन राखेर मजदुरहरूले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन ठप्प भएको छ । अवरोधका कारण अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजामसमेत गरेका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ ।

यातायात अवरुद्ध हुँदा सो रुट भएर गन्तव्यमा जाने यात्रुहरू अलपत्र परेका छन् । उनीहरू हिँडेरै गन्तव्य स्थल जान बाध्य भएका हुन् । यति बेला नेपाल प्रहरीले यातायात नियमित सञ्चालनको प्रयास गरिरहेको छ ।

यो पनि...

तनावग्रस्त बालाजु : १० प्रहरी घाइते, प्रहरीका दुई भ्यान र अस्थायी प्रहरी बिटमा आगजनी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement