कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज सञ्चालनको मिति घोषणा भएन

जेष्ठ १२, २०७९
कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज सञ्चालनको मिति घोषणा भएन

कैलालीको गेटामा आर्थिक वर्ष २०७३/७४ मा ८ अर्ब ३३ करोडको लागतमा मेडिकल कलेज निर्माण गर्न थालिएको हो । अहिलेसम्म अस्पताल, कलेज र प्रशासनिक भवनको काम सकिएको छ । अन्य भौतिक निर्माण कार्य पनि लगभग अन्तिम चरणमा छ । तर  सञ्चालन गर्नेबारे सरकारले कुनै तयारी अघि बढाएको छैन । मेडिकल कलेज पूर्वाधार निर्माण समितिले अस्पताल सञ्चालन, मेडिकल उपकरण खरिद र नियमित काम गर्न झन्डै ६ अर्ब रुपैयाा माग गरेको छ । स्थानीयबासिन्दा पनि कलेज सञ्चालन गर्न सरकारले बेवास्ता गरेको भन्दै आन्दोलित भएका छन् । 

सुदूरपश्चिममा स्वास्थ्य सेवाको अवस्था कमजोर छ । सामान्य उपचारका लागि पनि यहााका नागरिक सीमावर्ती भारतीय अस्पताल पुग्नुपर्छ । तर, निर्माण कार्य सकिादा पनि सरकारले मेडिकल कलेज सञ्चालनमा चासो दिएको छैन । उल्टै नीति तथा कार्यक्रममा डडेल्धुरामा मेडिकल कलेज बनाउने भनेको छ । गेटामा निर्माणाधिन मेडिकल कलेज सञ्चालनमा ढिलाइ भइरहादा डडेल्धुरामा पनि यस्तै हविगत हुने त होइन भन्ने आशंका स्थानीयको छ । 


Enter Kantipur TV HD
Advertisement