ठेकेदारको लापरवाहीले विकास निर्माणका आयोजना अलपत्र

असार १०, २०७९
ठेकेदारको लापरवाहीले विकास निर्माणका आयोजना अलपत्र

संघ र प्रदेश सरकारअन्तर्गत पर्वतमा निर्माणाधीन करोडौं लागतका सडक आयोजना अलपत्र परेका छन् । निर्माण कम्पनीको ढिलासुस्ती र विभिन्न बहानाले आयोजनाको काम निर्धारित समयमै सम्पन्न नहुँदा यात्रुले सास्ती खेप्नुपरेको छ ।

पर्वतको जलजला गाउँपालिकास्थित मिलनचोक-धाइरिङ १० किलोमिटर सडक गत मंसिरमै सक्ने गरी २६ करोड रुपैयाामा ठेक्का सम्झौता भएको थियो । हिन्दू एन्ड थोकर जेभिले ठेक्का लिएको सडक कोभिडका कारण समयमै सम्पन्न नभएपछि पूर्वाधार विकास कार्यालय पर्वतले एक वर्ष म्याद थप्यो । अब सडकको सम्पूर्ण काम आगामी मंसिरभित्रै सम्पन्न गर्नुपर्ने हुन्छ । तर, अहिलेसम्म सडकको कुनै पनि काम सुरु भएको छैन । कुस्मा र फलेबास नगरपालिका जोड्ने दोबिल्ला फलेबास १० किलोमिटर सडकको निर्माण समय पनि आउादो असोजमा सकिादै छ । यो सडक बनाउन २३ करोडको सम्झौता छ । फेवा प्यासिफिक जेभिले निर्माण गर्ने भनेको सडकको काम पनि उस्तै छ । 

पर्वतका सबैजसो गौरवका सडक आयोजना, ससाना उपभोक्ता समितिमार्फत् हुने सडक आयोजना अलपत्र छन् । उपभोक्ता समितिमार्फत् हुने स-साना आयोजनाका कामसमेत चालु आर्थिक वर्षभित्र सम्पन्न हुने संकेत छैन्। पूर्वाधार कार्यालयका अनुसार अधिकांश आयोजनाले ५० प्रतिशतसम्म मात्रै काम सकेका छन् । बााकी काम अलपत्र गर्दै ठेकेदार कम्पनी सम्पर्कविहीन हुादा पनि कारबाही गरिएको छैन ।

निर्माण व्यवसायीले भने पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुादा त्यसको असर निर्माण क्षेत्रमा परेको बताएका छन् । मूल्यवृद्धिलाई बहाना बनाउादै व्यवसायीले निर्माण कार्य अलपत्र पर्दा त्यसको सास्ती आम नागरिकले भोग्नुपरेको छ ।