वीरगन्ज-पथलैया औद्योगिक करिडोरका उद्योग संकटमा

माघ १४, २०७८
वीरगन्ज-पथलैया औद्योगिक करिडोरका उद्योग संकटमा

कोरोना महामारीका कारण अस्तव्यस्त भएका वीरगन्ज-पथलैया औद्योगिक करिडोरका उद्योग थप संकटमा परेका छन् । पहिलो र दोस्रो लहरको संक्रमणपछि राहतको सास फेर्न नपाउँदै तेस्रो लहर सुरु भएपछि उद्योगहरु थप संकटमा परेका हुन् । करिडोरमा सञ्चालित झन्डै चार सयमध्ये ३० प्रतिशतभन्दा धेरै उद्योग डुब्ने अवस्थामा पुगेका छन् । 

कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र भएपछि वीरगन्जका उद्योगी व्यवसायीलाई फेरि त्रसित बनाएको छ । कोरोनाको पहिलो र दोस्रो लहरका बेला सरकारले उद्योग बन्द गराएको थियो । त्यसबेला उद्योगीले ठूलो क्षति बेहोर्नु परेको थियो । अहिले फेरि संक्रमण बढ्न थालेकाले सरकारले उद्योग बन्द गराउने हो कि भन्ने चिन्ता उद्योगीमा छ ।

वीरगन्ज-पथलैया औद्योगिक करिडोरमा साना-ठूला गरी झन्डै चार सय उद्योग छन् । दुई वर्षको कोरोनाकालमा अधिकांश उद्योग बन्द भएर भएका थिए । कयौं मजदुरको रोजीरोटी समेत गुम्यो । उत्पादन शृङ्खलामा परेको असरको अप्रत्यक्ष मूल्य आम उपभोक्ताले महंगीका रुपमा चुकाउनुपर्यो । उद्योगधन्दामाथि लगाइएको त्यसबेलाको लगामको असरले वीरगन्जसागै मधेश प्रदेशका झन्डै ३० प्रतिशत उद्योगको लगानी नै डुब्ने अवस्था आएको उद्योगी बताउाछन् ।

अहिले वीरगन्जलगायत मधेश प्रदेशका अधिकांश उद्योग सन्चालनमा छन् । उद्योगधन्दाले गति लिादै गएपछि गाउागाउाबाट औद्योगिक नगरी वीरगन्जमा काम गर्न आउने पनि बढेका छन् । तर ओमिक्रोनको नाममा  विगतमा जस्तै कतै सरकारले उद्योग बन्द गराउने पो हो कि भन्ने चिन्ता सरकारलाई छ ।