भारतमै कोरोना संक्रमण भएर आएकाहरु सिधै घर जाँदा समुदायमै संक्रमण फैलिन थालेको छ । पछिल्ला १० दिनयता सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका सीमा नाकाबाट दैनिक हजारौं नागरिक प्रवेश गरिरहेका छन् । तर सीमा क्षेत्रमा होल्डिङ सेन्टर नहुँदा उनीहरू सिधै घर पुग्ने गरेकाले समुदायमै संक्रमण फैलिन थालेको हो ।
दुई साता यता कैलालीको गौरीफन्टा त्रिनगर नाका हुादै झन्डै ६ हजार नेपाली स्वदेश फर्किए । ती मध्ये ६ सय जनामा कोरोना संक्रमण देखियो । तर संक्रमितमध्ये ७० जना धनगढी उपमहानगरपालिकाले कनरीमा स्थापना गरेको आइसोलेसनमा बसे भने बााकी सार्वजनिक यातायातबाट आ-आफ्नो घर गए । कञ्चनपुरको गड्डा चौकी नाकाको अवस्था पनि यस्तै छ ।
भारतबाट फर्किएकाहरु सिधै घर-घरमा जाादा समुदायस्तरमै संक्रमण फैलिएको छ । पुस १८ गते सुदूरपश्चिममा ४ सय ५६ जनाको स्वाब परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको थियो । तर त्यसको भोलिपल्टैदेखि नाकामा भारतबाट फर्किनेको भिड बढ्यो । १० दिन यता प्रदेशमा संक्रमितको संख्या १३ सय ७८ पुगेको छ । यसले पनि समुदायमै संक्रमण फैलिएको पुष्टि हुन्छ ।
संक्रमितहरुमा विगतभन्दा फरक लक्षण देखिएको छ । घााटी खसखस हुने, शरीर दुख्ने, थकान महसुस हुने लक्षण देखिने गरेको चिकित्सक बताउाछन् । यस्ता लक्षण भएकाको परीक्षण गर्ने र भारतबाट आउनेलाई होल्डिङ सेन्टरमा नराख्ने हो भने अझै संक्रमण फैलिने जोखिम छ ।
भारतबाट आउनेहरुबाट समुदायमै संक्रमण फैलिँदै गए पनि नियन्त्रण गर्न तीनै तहका सरकार उदासिन देखिएका छन् । सीमा नाका निरीक्षणमा पुगेका प्रदेशका सामाजिक विकास मन्त्रीले होल्डिङ सेन्टर बनाउने काम अन्तिम चरणमा पुगेको दाबी गरे ।
सीमा नाकाबाट दैनिक एक हजार मानिस आइरहेका छन् । संक्रमण तीव्र देखिए पनि व्यवस्थापनमा सरकारले खासै तदारुकता नदेखाउँदा महामारीले विकराल रुप नलेला भन्न सकिादैन ।