बारामा कृषि सहकारीबाटै अनुदानको रासायनिक मलमा कालोबजारी

पुस २५, २०७८
बारामा कृषि सहकारीबाटै अनुदानको रासायनिक मलमा कालोबजारी

कृषकलाई सहज होस् भनेर सरकारले रासायनिक मलमा अनुदान दिने गरेको छ । तर कृषि सहकारी संस्थामार्फत् बिक्री वितरण भइरहेको सरकारी अनुदानको रासायनिक मलको अनुगमन र नियमन नहुँदा कालोबजारी मौलाएको छ । मल कालोबजारी गर्नेहरुले दोब्बर मूल्यमा बिक्री गर्दा पनि सरकार मौन देखिएको छ ।

यो भिड अनुदानको मल बिक्री गरिरहेको जितपुरसिमरा उपमहानगरपालिका-११ मा रहेको सीपमूलक कृषि सहकारी संस्थाको हो । ८ सय कृषक सदस्य रहेको यो सहकारी संस्थामा उपमहानगरपालिकाले जम्मा ३४ बोरा यूरिया मल दिएपछि हानथाप भएको हो । तरकारी बालीको पकेट क्षेत्रको रुपमा रहेको यो वडामा मल नपाउँदा किसान समस्यामा परेका छन् ।

बाराका हरेक स्थानीय तहमा मलको अभाव छ । मलको अभावलाई कमाई गर्ने अवसरको रुपमा देखेका कतिपय सहरकारी संस्थाले भने अनुदानमा आएको मलमा कालोबजारी गर्न थालेका छन् । अनुदानको मल वितरण गर्दा कुनै निकायबाट खासै अनुगमन नहँदा  पनि कालोबजारी गर्नेहरु हौसिएका छन् ।

मलमा कालोबजारी गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारीले बताएका छन् । 

अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका अनुसार प्रत्येक स्थानीय तहमा कोटा लागू गरी सरकारले कृषि सहकारी संस्थामार्फत वितरण गर्दै आएको छ । तर रासायनिक मलको अभावलाई कमाई गर्ने अवसरको रुपमा देखेको केही सहकारीलाई नियमनको खाँचो देखिन्छ ।