फायरसाइडमा मिनेन्द्र रिजाल : कहाँ चुकिरहेका छन् दल ?

जेष्ठ २६, २०८२ |रुपेश श्रेष्ठ
फायरसाइडमा मिनेन्द्र रिजाल : कहाँ चुकिरहेका छन् दल ?

संसद्‌का दुई ठूला दल मिलेर सरकार बन्छ । ठोस परिवर्तनको वाचा गर्छन् । तर नागरिकले परिवर्तन महसुस गर्न सक्दैनन् । नागरिक अपेक्षा पूरा हुँदैनन् । किन ? 

नागरिकको अपेक्षा नै धेरै भएर वा कामै नभएर ? बलियो सरकारको भाष्य निर्माण गर्ने अनेकौं प्रयत्न हुन्छन् । तर सरकार बलियो हुनुको अर्थ भाष्य हो, अंक गणित हो, निर्णय हो वा डेलिभरी हो ? 

राजनीतिक नेतृत्व नैतिकताको कसीमा कमजोर साबित भइरहन्छ, चाहे सत्तारुढ हुन् वा चाहे विपक्षी । भ्रष्टाचार र अनियमितताका घटना सतहमा आइरहन्छन्, ठूलाठूला प्रकरणमा ठूलै नेताका नाम जोडिइ नै रहन्छन् । मुद्दामामिला अघि पनि बढ्छन् । तर कारबाहीको तहसम्म कमै पुग्छन् । 

नीति तथा कार्यक्रम, बजेट वा सरकारका अन्य घोषणाहरूले सरकारको प्रतिबद्धता इमान्दार नदेखिने पनि होइन, तर कार्यान्वयनमा सरकारको सफलता कमै देखिन्छ । यसले सरकार र सरकारको नेतृत्व गर्नेहरूप्रतिको भरोसा क्षीण बन्दछन् । कहाँ चुक्छ नेतृत्व ? कहाँ चुकिरहेका छन् दलहरू जसले गर्दा व्यवस्थाप्रति नै प्रश्न उठाउनेहरूलाई सास मिलिरहेको छ ? 

फायरसाइडको आजको अंकमा हामी यिनै प्रश्नको जवाफ खोज्नेछौं । आज हामीसँग हुनुहुन्छ, नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।