सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटलाई निजी क्षेत्रले स्वागत गरेको छ, सकारात्मक भनेको छ । विपक्षी दलहरूले यसलाई परम्परागत भनेका छन्, कार्यान्वयनमा प्रश्न उठाएका छन् ।
सरकारमै रहेको अर्को दल नेपाली कांग्रेसले सरकारले लिन चाहेको दिशा सही भए पनि बजेट ठोस बन्न नसकेको प्रतिक्रिया दिएको छ । अर्थतन्त्रका जानकारहरू भने सरकारले बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापनमा लिएका बाटाहरूलाई अव्यावहारिक र महत्त्वाकांक्षी मानेका छन् ।
यी त भए बजेटमाथि आउने नियमित प्रतिक्रिया । यसबाहेक आम नागरिकका लागि बजेटमा के आयो ? निम्न र मध्यमवर्गीय मानिसहरूको जीवनमा कति अर्थ राख्छ बजेटले ? आम रूपमा शिक्षा, स्वास्थ्य जस्ता सबैभन्दा धेरै खर्च हुने क्षेत्रमा नागरिकलाई कति छोयो ? नेपालमै रोजगारी र उद्यम गर्न चाहनेहरूलाई बजेटले के दियो ? फायरसाइडको आजको अंकमा हामी प्रश्नको उत्तर खोज्नेछौं र आज हामीसँग हुनुहुन्छ, संसद्मा आगामी वर्षका लागि बजेट प्रस्तुत गरेका उनै अर्थमन्त्री विष्णु पौडेल ।
कार्यक्रम फायरसाइड :