राजस्व संकलन र वैदेशिक सहयोग प्राप्तिको लक्ष्य यथार्थपरक : अर्थमन्त्री

जेष्ठ १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजस्व संकलन र वैदेशिक सहयोग प्राप्तिको लक्ष्य यथार्थपरक : अर्थमन्त्री

काठमाडौं । आगामी आर्थिक वर्षका लागि राजस्व परिचालन र वैदेशिक ऋण तथा सहयोग परिचालनमा सरकारले लिएका लक्ष्य प्राप्त गर्न आफू दृढ रहेको अर्थमन्त्री विष्णु पौडेलले बताउनुभएको छ । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा आफूले पेश गरेको बजेटको बचाउ गर्दै अर्थमन्त्री पौडेलले राजस्व संकलन र वैदेशिक सहयोग प्राप्तिको लक्ष्य यथार्थपरक र सम्भव रहेको दाबी गर्नुभयो ।

बजेकको प्रभावकारी कार्यान्वयनसहित ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्ने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पौडेलले यस पटक खर्च कटौतीमा ध्यान दिएको बताउनुभयो । युवा रोजगारी सिर्जना, सीप तथा उद्यम विकासका लागि पर्याप्त कार्यक्रमहरू ल्याएको दाबी गर्नुभएका मन्त्री पौडेलले निजी क्षेत्रलाई विश्वासमा नलिई अर्थतन्त्र चलायमान बनाउन नसकिने भएकाले यसतर्फ विशेष जोड दिएको बताउनुभयो । 

राति ९ बजे प्रसारण हुने कार्यक्रम फायरसाइडमा अर्थमन्त्री पौडेललाई गभर्नर विश्व पौडेलसँगको सम्बन्धका बारेमा समेत सोधिएको छ । कार्यक्रम कान्तिपुर टिभीको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि कार्यक्रम हेर्न सकिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.