संघ सरकारले नसघाए राजधानीको नयाँ विकल्प खोज्छौं : मुख्यमन्त्री शाह

जेष्ठ ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघ सरकारले नसघाए राजधानीको नयाँ विकल्प खोज्छौं : मुख्यमन्त्री शाह

काठमाडौं । संघ सरकारले प्रदेशको राजधानी निर्माण गर्न नसघाए राजधानीको नयाँ विकल्प खोज्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभएको छ । प्रदेशको स्थायी राजधानीका रूपमा गोदावरीलाई घोषणा गरिए पनि पूर्वाधार निर्माणका लागि संघ सरकारले कुनै सहयोग नगरेको उहाँको भनाइ छ । 

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडका कुरा गर्दै मुख्यमन्त्री शाहले यदि प्रदेश सभामार्फत दबाब दिँदा पनि संघले चासो नदिए नयाँ विकल्पको बहस थाल्ने बताउनुभयो ।

मुख्यमन्त्रीका रूपमा हालै भारत भ्रमण गरेका शाहले प्रदेशको पर्यटननको विकासका लागि भारतका दुई प्रदेश सरकारहरूसँग साझेदारी गर्ने विषयमा कुराकानी भएको जानकारी दिनुभयो । विकास निर्माणका पछि परेका प्रदेशका पहाडी जिल्लाहरूलाई विभेद गरिएको आरोपको खण्डन पनि गर्नुभयो । 

मुख्यमन्त्री शाहसँगको पूरा अन्तर्वार्ता आज राति ९ बजे प्रसारण हुनेछ । साथै, कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि कार्यक्रम हेर्न सकिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.