सरोकार : आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा के छ ?

वैशाख ३, २०८२ |विकास थपलिया
सरोकार : आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा के छ ?

देशको अर्थतन्त्रलाई सुधार गर्ने सुझाव दिन बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगले सुधारका लागि खाका प्रस्तुत गरेको छ । पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित आयोगले शुक्रबार सरकारलाई बुझाएको ४४७ पृष्ठ लामो प्रतिवेदनले अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा ठोस सुझाव दिएको छ ।

सरकारले आयोग गठन गर्दा नै सोधेका तीन प्रश्न- अहिलेको समस्या के हो ? किन आयो ? अब के गर्ने ? जस्ता प्रश्नहरुको उत्तर खोज्न तयार गरिएको प्रतिवेदनले नेपाली अर्थतन्त्रको जरा नै नियालेर उपचार खोज्यो कि खोजेन ? सरोकारको आजको अंकमा हामी यिनै बिषयमा बहस गर्दै छौँ । व्यवसायीहरूले उपभोगमा कमी आएको, आर्थिक क्रियाकलाप सुस्त भएको, निजी क्षेत्रको आत्मबल कमजोर रहेको गुनासो आएपछि बनेको आयोगमा विभिन्न क्षेत्रका विषय विज्ञ र निजी क्षेत्रको समेत सहभागिता थियो ।

खनाल नेतृत्वको आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा के छ ? अहिलेको समस्या के हो र किन आयो ? किन शिथिल भयो अर्थतन्त्र ? बिरामी अर्थतन्त्रको उपचार कसरी खोजियो ? के सरकारले प्रतिवेदन कार्यान्वयन गर्न सक्छ ? निजी क्षेत्रको मनोबल कसरी फर्काउने ? लगायतका विषयमा बहस गर्न स्टुडियोमा निम्त्याएका छौं योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थतन्त्र सुधार गर्ने सुझाव दिन बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगका एक सदस्य एवं त्रिवि अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. रामप्रसाद ज्ञावली र निजी क्षेत्रका तर्फबाट आयोग सदस्य एवं नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल ।


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।