सरोकार : कहाँ किन अड्किएको छ विद्यालय शिक्षा विधेयक ?

चैत्र २७, २०८१ |विकास थपलिया
सरोकार : कहाँ किन अड्किएको छ विद्यालय शिक्षा विधेयक ?

भनिन्छ, असल शिक्षक समाजका मार्गदर्शक हुन् । शिक्षकहरू विद्यालयमा मात्र पढाउँदैनन्, देश र समाजमा असल कामको अगुवाइ पनि गर्छन् । तर शिक्षकहरू सडक आन्दोलनमा उत्रिनुपर्ने अवस्था बनेको छ । 

देशभरका शिक्षकहरू काठमाडौंमा सडक आन्दोलन र शैक्षिक हडतालमा उत्रिएपछि धेरैजसो सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा प्रकाशनसँगै शैक्षिक योजना, क्यालेन्डर, पाठयोजना, तालिम लगायत शैक्षिक गतिविधि ठप्प भएका हुन् । शिक्षकहरूका जायज माग पूरा गरेर शिक्षा विधेयक पारित गर्न सरकाले नै आलटाल गर्दा समस्या झन विकराल बन्दै गएको छ । 

शिक्षकहरूले पनि संविधान विपरीतका देखि पूरा गर्न असम्भव हुनेसम्मका मागमा शैक्षिक हडताल गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड त गर्दै छैनन् भन्ने प्रश्न उठेको छ । सरोकारको आजको अंकमा, किन आन्दोलनमा छन् शिक्षकहरू ? माग के हो ? कहाँ किन अड्किएको छ विद्यालय शिक्षा विधेयक ? विवाद हल गर्न सरकारलाई किन भइरहेको छ सकस ? लगायतका विषयमा बहस गर्दै छौं । स्टुडियोमा निम्त्याएका छौं- प्रतिनिधि सभा अन्तर्गत शिक्षा समितिमा सत्तारुढ एमालेको तर्फबाट सदस्य इश्वरी घर्ती, पूर्वशिक्षामन्त्री, प्रतिनिधि सभा सदस्य एवं रास्वपा नेता शिशिर खनाल र शिक्षक महासंघका अध्यक्ष लक्षमीकिशोर सुवेदी ।

हेर्नुहोस् कार्यक्रम सरोकार :


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।