फायरसाइड : नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक किन विवाद नै विवादमा ?

चैत्र २५, २०८१ |रुपेश श्रेष्ठ
फायरसाइड : नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक किन विवाद नै विवादमा ?

काठमाडौं । वर्षौंदेखि अत्याधिक चापमा रहेको नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई उद्घाटन गरिए ।

तर, चिनियाँ ऋणमा निर्माण भएको पोखराको विमानस्थलले अपेक्षित रूपमा सञ्चालन हुनै सकेको छैन, परिणाम टाढाको कुरा । यता, लुम्बिनीमार्फत अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने अपेक्षासहित बनाइएको गौतमबुद्ध विमानस्थललाई अहिले वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि प्रयोग गर्ने प्रयास गर्दैछ सरकार ।

काठमाडौं विमानस्थलको विस्तारका क्रममा उडान सङ्ख्या कटौती गर्नु परेपछि मुख्य पर्यटन सिजन नै प्रभावित बनेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपाललाई कालो सूची अर्थात् 'सिग्निफिकेन्ट सेफ्टी कन्सर्न'बाट हटाइसकेको भए पनि, सन् २०१३ देखि युरोपेली संघले नेपाली वायुसेवा कम्पनीहरूलाई आफ्ना गन्तव्यमा उडान गर्न लगाएको प्रतिबन्ध भने अझै कायम छ । 

यसबीच, नेपाली आकाश अझै सुरक्षित सावित हुन सकेको छैन, र नियामक संस्था—नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि उड्डयन सुरक्षामा उल्लेखनीय प्रगति देखाउन सकेको छैन ।

बरु, प्राधिकरण र यसको नेतृत्व बारम्बार विवादमा आउने गरेका छन् । वायु सेवा निगम र प्राधिकरणबीच समन्वयको कमी, तथा नियामक र सेवा प्रदायक संस्थालाई छुट्ट्याउने डेढ दशक लामो प्रयास अझै निष्कर्षमा पुग्न सकेको छैन ।

फायरसाइडको आजको अंकमा हामी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसँग यिनै प्रश्नहरूको उत्तर खोज्नेछौं ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।