फायरसाइडमा कृष्ण सिटौला : नेपाली राजनीतिको नयाँ असमञ्जसको हल के ?

चैत्र ११, २०८१ |रुपेश श्रेष्ठ
फायरसाइडमा कृष्ण सिटौला : नेपाली राजनीतिको नयाँ असमञ्जसको हल के ?

व्यवस्था नै उल्ट्याउने लक्ष्य लिएर केही दल र समूहले सडक आन्दोलनको घोषणा गरेका छन् । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको अभियान जारी नै छ, ऊसहित सम्मिलित समाजवादी मोर्चाले पनि शक्ति प्रदर्शनको प्रचार गरिरहेको छ ।

अर्कोतर्फ स्वयं सत्ता नेतृत्वकर्ता दल एमालेले समेत सडकमै प्रदर्शन गर्ने उद्घोष गरेको छ । पक्का छ, अब सडककमा लोकतन्त्र रक्षाको नारा र गणतन्त्रको विरोधका नारा आपसमा ठोक्किनेछन् । यसले नेपाली राजनीति फेरि एकपटक मुठभेडको स्थितिमा पुग्ने देखिन्छ । सडकमा नागरिकका प्रश्न कति उठ्ला ? हेर्न बाँकी छ । नागरिकले वर्षौंदेखि उठाइरहेका प्रश्न हुन्– सुशासन स्थापना कहिले ? सहज सेवा प्रवाह कहिले ? संविधानले नै सुनिश्चित गरेका मौलिक हक पाउने कहिले ? शिक्षा र स्वास्थ्य सेवामा सुधार कहिले ? रोजगारी पाउने कहिले ? नागरिकले गरिरहेका आदि इत्यादि प्रश्न भने फेरि पनि अनुत्तरित नै सम्भावना प्रबल छ ।

फायरसाइडको आजको अंकमा हामी नेपाली राजनीतिको यो नयाँ असमञ्जसको हल खोज्नेछौं । आज हामीसँग हुनुहुन्छ, संसदको सबैभन्दा ठूलो दल, आफूलाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संस्थापन पक्ष मान्ने नेपाली कांग्रेसका नेता कृष्ण सिटौला ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।