काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र पक्षधरको सक्रियताले संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै फरक नपर्ने दाबी गर्नुभएको छ । वर्तमान व्यवस्थाले दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार जसले पनि प्रयोग गर्न पाउने भए पनि राजतन्त्रको पुनःस्थापना कुनै हालतमा सम्भव नभएको उहाँले जिकिर गर्नुभयो ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै सिटौलाले पूर्वराजालाई सक्रिय राजनीतिको मोह भए पार्टी नै खोलेर होमिन सल्लाह दिनुभयो ।
प्रधानमन्त्री एवम् सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको संघीयता र गणतन्त्रप्रतिको प्रतिबद्धतामा शंका गर्नु नपर्ने भन्दै सिटौलाले राष्ट्रिय एकतालाई मजबुत बनाउनका लागि सबैले काम गर्नुपर्ने बताउनुभयो । सिटौलासँग संसद्को प्रभावकारिता, सरकारको काम, नेपाली कांग्रेसको आसन्न महाधिवेशन तथा महाधिवेशनका लागि उहाँको आफ्नै तयारी लगायतका विषयमा गरिएको कुराकानी कार्यक्रम फायरसाइड आज राति ९ बजे प्रसारण हुनेछ ।
कार्यक्रम कान्तिपुर टिभी एपका साथै कान्तिपुर टिभीको युट्युब च्यानलमा पनि हेर्न सकिनेछ ।
हेर्नुहोस् कार्यक्रम फायरसाइडको प्रोमो :