विश्व अब कसले चलाउँछ ?

फाल्गुन २१, २०८१ |विकास थपलिया
विश्व अब कसले चलाउँछ ?

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच मार्च १ का दिन भएको भेटवार्ताको नोंकझोकपछि विश्व राजनीति तरंगित भएको छ । रूस–युक्रेन युद्ध अन्त्यका लागि यी दुई शीर्ष नेताबीचको भेटलाई लिएर विश्वले निकै चासोका साथ हेरेको थियो ।

कतिपयले यो भेट रूस-युक्रेन युद्ध अन्त्यको सुरुआती बिन्दु हुनसक्ने आकलन पनि गरेका थिए । अमेरिका भ्रमणमा निस्कँदै गर्दा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई विश्वास थियो- आफ्नो देशमा भएको दुर्लभ खनिजमा अमेरिकालाई पहुँच दिए रूससँग लड्न अमेरिकाले हतियार दिनेछ र युद्ध थप सहज हुनेछ । तर परिस्थिति उल्टो मात्रै भएन, अमेरिकाले सामान्य कूटनीतिक मर्यादा पनि देखाएन । अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले आफ्नो देशले गरिरहेको सहयोगका लागि कृतज्ञता देखाउन माग गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्की विश्वभरिका सञ्चारमाध्यमकै अगाडि चर्काचर्कीमा उत्रिए । ट्रम्पले त जेलेन्स्कीलाई तेस्रो विश्व युद्धका लागि जुवा खेलेको आरोप लगाए ।

ट्रम्प-जेलेन्स्की वार्ता १० मिनेटमै कसरी असफल भयो ? जेलेन्स्की र ट्रम्पबीच ह्वाइट हाउसमा चर्काचर्कीको सङ्केत के हो ? के जेलेन्स्कीको पहिरन पनि ट्रम्पसँगको तनावको कारण हो ? ट्रम्प–जेलेन्स्की विवादपछि युरोपमा बहस सुरु भए झैं के अब युक्रेनलाई अमेरिकाबाट जोगाउनुपर्ने दिन आएको हो ? अमेरिकाले सघाउन छोड्यो भने के युक्रेनले रूससँगको लडाइँमा खर्च जुटाइरहन सक्छ ? अमेरिकाले सहयोग रोक्का गरेपछि के युद्धले तहसनहस भएको युक्रेनको अर्थतन्त्रले आगामी दिनमा लडाइँ धान्न सक्ला ? डोनाल्ड ट्रम्प रूसतिर ढल्किँदा सी चिनफिङ खुशी कि दुःखी? बेइजिङलाई एक्ल्याउन ट्रम्पले पुटिनसँग हात मिलाएको चिनियाँ आशंकामा कति सत्यता ? ट्रम्पले किन दिए क्यानडालाई अमेरिकामा गाभ्ने धम्की ? गाजामाथि नियन्त्रण कायम गर्ने ट्रम्पको योजना के हो ? के अरब मुलुकसँग अमेरिकाको सम्बन्ध पनि बिग्रँदै छ ? विश्व व्यवस्थामा यसले के असर गर्ला ? कता जाँदैछ विश्व राजनीति ? के ट्रम्पले भने झैं तेस्रो विश्वयुद्धको खतरा छ ? ९० को दशकपछि सुरु भएको विश्व उदारवादी व्यवस्था परिवर्तनको संघारमा छ ?

सरोकारको आजको अंकमा हामी यही विषयमा बहस गर्दैछौं । स्टुडियोमा निम्त्याएका छौं - परराष्ट्र मामिला जानकार रूपक सापकोटा र अन्तर्राष्ट्रिय सम्बन्धकी अध्येता लीला न्याइच्याईं ।

हेर्नुहोस् कार्यक्रम सरोकार :


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement